नियम २२
वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता
(१) अख्तियारवालाले प्रत्येक
कर्मचारीको अनुसूची–१० बमोजिम पाँच प्रति वैयक्तिक विवरण तयार गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको वैयक्तिक विवरणको एक प्रति किताब
दर्ता गराउन निजामती किताबखानामा, एक प्रति मन्त्रालयमा, एक प्रति सम्बन्धित
विभागमा र एक प्रति सो कर्मचारी कार्यरत रहेको कार्यालयमा पठाउनु पर्नेछ ।
(३) यो नियमावली प्रारम्भ हुनु अघि निजामती सेवा ऐन, २०४९ तथा सो ऐन
अन्तर्गत बनेको नियमावली बमोजिम नेपाल स्वास्थ्य सेवामा बहाल रहँदा वैयक्तिक
विवरण फाराम भरी सकेको भए निजामती किताबखाना तथा सम्बन्धित अन्य निकायले
सोही फारामलाई अद्यावधिक गर्दै लैजानु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम कर्मचारी बहाल रहेको कार्यालयमा राखिएको
वैयक्तिक विवरण सो कर्मचारी अन्यत्र सरुवा भएमा अविलम्ब सोही कार्यालयमा पठाउनु
पर्नेछ ।
(५) निजामती किताबखानाले प्रत्येक कर्मचारीको वैयक्तिक विवरण किताब
दर्ता गर्नु पर्नेछ र त्यसरी दर्ता भएको विवरणको आधारमा निजामती किताबखानाले
कर्मचारीलाई कर्मचारी संकेत नम्बर (परिचय नम्बर) उपलब्ध गराउनु पर्नेछ । सो
बमोजिमको बैयक्तिक विवरण मन्त्रालयले संकेत नम्बर समेत राखी अद्यावधिक गरी राख्नु
पर्नेछ ।
(६) कर्मचारीले आफ्नो वैयक्तिक विवरणमा कुनै कुरा समावेश गर्नु परेमा
आफ्नो कार्यालय मार्फत प्रमाणित गराई मन्त्रालय र निजामती किताबखानामा पठाउनु
पर्नेछ ।